महिला उद्यमी संघ नेपाल, तनहुँद्वारा स्थापना दिवसमा सदस्यता विस्तार तथा वितरण कार्यक्रम सम्पन्न
तनहुँ, चैत १७ — महिला उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यका साथ क्रियाशील महिला उद्यमी संघ नेपाल, तनहुँ ले आफ्नो स्थापना दिवसको अवसरमा सदस्यता विस्तार तथा सदस्यता प्रमाण–पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ।
सन्तोष होटलमा आयोजित उक्त कार्यक्रम महिला उद्यमी महासंघ गण्डकी प्रदेशकी अध्यक्ष पार्वती पौडेल रेग्मीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा नयाँ सदस्यहरूलाई औपचारिक रूपमा संघमा आबद्ध गराउनुका साथै प्रमाण–पत्र वितरण गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रेग्मीले महिला उद्यमशीलता आजको आवश्यकता भएको उल्लेख गर्दै महिलाहरूलाई आत्मनिर्भर बन्न प्रेरित गरिन्। उनले संघले स्थानीय स्तरमा उद्यम विकास र आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन्।
उक्त अवसरमा सहभागी महिलाहरूले आपसी अनुभव आदान–प्रदान गर्नुका साथै आगामी दिनमा सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

महिला उद्यमी संघ नेपाल, तनहुँकि अध्यक्ष निर्मला मल्लकाे अध्यक्षतामा भएको कार्यक्रम उत्साहजनक सहभागितासहित सम्पन्न भएको संघले जनाएको छ ।


























