एसईई परीक्षार्थीलाई म्याग्दे रास्वपा सभापति अधिकारीको शुभकामना

एसईई परीक्षार्थीलाई म्याग्दे रास्वपा सभापति अधिकारीको शुभकामना


तनहुँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) म्याग्दे गाउँपालिकाका सभापति मनोज अधिकारीले एसईई परीक्षा दिएका छात्रछात्रालाई शुभकामना व्यक्त गरेका छन्।
विहीबारदेखि सञ्चालन सुरु भएको SEE परीक्षा मा सहभागी सम्पूर्ण विद्यार्थीहरूलाई उनले सामाजिक सञ्जालमार्फत शुभकामना दिएका हुन्।

उनले आफ्नो सन्देशमा विद्यार्थीहरूको मेहनत, लगनशीलता र आत्मविश्वासले उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्। “डर होइन, आत्मविश्वासका साथ परीक्षा दिनुहोस्—सफलता अवश्य तपाईंको हुनेछ,” भन्दै उनले उज्यालो भविष्यतर्फको यो महत्वपूर्ण यात्रामा सफलताको कामना गरेका हुन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page