तनहुँका मिया सहित १० जना पोखरामा ‘अफलाइन पठाओ’ तथा इनड्राइभ प्रकरणमा पक्राउ

तनहुँका मिया सहित १० जना पोखरामा ‘अफलाइन पठाओ’ तथा इनड्राइभ प्रकरणमा पक्राउ


पोखरा । कास्कीको पोखरा महानगर क्षेत्रमा ‘अफलाइन पठाओ’ तथा इनड्राइभ सञ्चालन गरी तोकिएको भन्दा बढी भाडा असुल्ने तथा अनियमित सेवा दिने कार्यमा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीले मंगलबार बिहान पोखराका विभिन्न स्थानबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्ने १० जनामध्ये तनहुँको शुक्लागण्डकी नगरपालिका घर भई हाल कास्की पोखरा महानगरपालिका–९ बस्ने वर्ष ३४ का अब्बल मिया समेत रहेका छन् भने अन्य व्यक्ति विभिन्न जिल्लाका हुन्।
प्रहरीका अनुसार उनीहरूले अफलाइन माध्यमबाट पठाओ तथा इनड्राइभ सेवा सञ्चालन गरी तोकिएको भन्दा बढी भाडा असुल्ने, यात्रुलाई दुःख दिने तथा नियमन बाहिर सेवा प्रदान गर्दै आएका थिए। प्राप्त गुनासोका आधारमा निगरानी बढाएर कारबाही गरिएको हो।


पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। साथै, यस्ता अवैध सवारी सेवा नियन्त्रणका लागि आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिइने बताइएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page