राष्ट्रपति पाैडेल द्वारा भानु साहित्य उद्यानको शिलान्यास
तनहुँ —राष्ट्रपति रामचन्द्र पौडेलबाट भानु नगरपालिकाको चुँदीरम्घामा निर्माण हुन लागेको ‘भानु साहित्य उद्यान’को शिलान्यास सम्पन्न भएको छ।
सोमबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति पौडेलले उद्यानको शिलान्यास गरेका हुन्। गृह जिल्ला आगमनका अवसरमा उनलाई स्थानीयवासीले बाजागाजा सहित भव्य स्वागत गरेका थिए।

उद्यान निर्माणपछि भानुभक्त आचार्यको जन्मभूमिलाई साहित्यिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।


























