रेडियो ढोरबाराहीको अध्यक्षमा पुनः कृष्णराज पण्डित

रेडियो ढोरबाराहीको अध्यक्षमा पुनः कृष्णराज पण्डित


दुलेगौँडा, तनहुँ ।
तनहुँको दुलेगौँडाबाट प्रशारण हुँदै आएको रेडियो ढोरबाराहीको अध्यक्षमा पुनः कृष्णराज पण्डित चयन हुनुभएको छ। आइतबार सम्पन्न चौँधौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट पण्डितको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको हो।
कास्की जिल्लाको पोखरा महानगरपालिका–२०, आँटीघरमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा खेमराज खनाल, सचिवमा फडिन्द्र पौडेल, कोषाध्यक्षमा राजकुमार वाग्ले (राजु) तथा सहसचिवमा विष्णुबहादुर महत चयन हुनुभएको छ।

त्यसैगरी कार्यसमितिको सदस्यमा बसन्त ज्वारचन, ज्ञानप्रसाद भण्डारी, रविन्द्रराज पौडेल, इश्वर शर्मा, कृष्णप्रसाद लामिछाने र विनोद राउत चयन भएका छन्। अधिवेशनमार्फत लेखा समितिको संयोजकमा मानकुमार तिम्ला तथा सदस्यहरूमा ऋषिबहादुर बस्नेत र मनश्याम ज्वारचन चयन भएका छन्।
पुनः अध्यक्षमा निर्वाचित भएपछि पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै अध्यक्ष पण्डितले रेडियोले भोगिरहेका वर्तमान चुनौतीहरूलाई सामना गर्दै संस्थालाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page