सिद्बेश्वर महादेव शिवपार्वती मन्दिर परिवारद्वारा थर्पु इन्चार्ज सई केशबहादुरको भव्य बिदाइ

सिद्बेश्वर महादेव शिवपार्वती मन्दिर परिवारद्वारा थर्पु इन्चार्ज सई केशबहादुरको भव्य बिदाइ


म्याग्दे गाउँपालिका–४, थर्पुस्थित सिद्बेश्वर महादेव शिवपार्वती मन्दिर परिवारको आयोजनामा थर्पु चौकीका इन्चार्ज सई केशबहादुर कुमालको भव्य बिदाइ तथा सेवा निवृत्त जीवनका लागि शुभकामना कार्यक्रम सम्पन्न गरिएको छ।
बैशाख मसान्तदेखि अनिवार्य अवकाशमा जान लाग्नुभएका सई कुमाल २०५३ सालमा नेपाल प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो। थर्पु चौकीमा कार्यरत रहँदा उहाँले शान्ति–सुरक्षा कायम गर्न, समुदायसँग समन्वय बढाउन तथा नागरिकमैत्री सेवा प्रवाहमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै स्थानीयवासीहरूले प्रशंसा व्यक्त गरेका छन्।
बिदाइ कार्यक्रममा मन्दिर परिवार, स्थानीय सामाजिक व्यक्तित्व, जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा सई कुमाललाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गरिएको थियो।
सम्मान ग्रहणपछि भावुक बनेका सई कुमालले थर्पुमा कार्यरत रहँदा पाएको सहयोग, सद्भाव र साथका लागि सबैप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि समाजसेवामा निरन्तर जोडिने प्रतिबद्धता व्यक्त गर्नुभयो।


कार्यक्रमले लामो समय सेवा गरेका सुरक्षाकर्मीप्रति स्थानीय समुदायको सम्मान र कृतज्ञताको भावना प्रकट गरेको सहभागीहरूले बताएका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page