तनहुँमा लागूऔषधसहित दुई जना पक्राउ
जिल्ला प्रहरी कार्यालय तनहुँले प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार व्यास नगरपालिका–४ मस्जिद टोलमा शंकास्पद रूपमा हिँडिरहेका कास्की पोखरा महानगरपालिका–१८ बस्ने ४९ वर्षीय विक्रम थापा र ऐ वडा नं–१८ बस्ने ४० वर्षीय रविन्द्र सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
खटिएको प्रहरी टोलीले शरीर तथा झोला खानतलासी गर्दा रविन्द्र सुनारले बोकेको कालो झोलाभित्र लुकाइछिपाइ राखिएको अवस्थामा Diazepam २० एम्पुल, Phenergan २० एम्पुल र Buprenorphine २० एम्पुल गरी जम्मा ६० एम्पुल लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

उनीहरूलाई तत्काल नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। साथै सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको निमित्त सुचना अधिकारी प्रहरी निरीक्षक दिपक कुमार कार्कीले बताए ।


























