विभिन्न कार्यक्रमसहित तनहुँमा गणतन्त्र दिवस २०८३ मनाइने

विभिन्न कार्यक्रमसहित तनहुँमा गणतन्त्र दिवस २०८३ मनाइने


तनहुँ, जेठ १३ । गणतन्त्र दिवस २०८३ लाई भव्य र अर्थपूर्ण रूपमा मनाउने तयारीस्वरूप व्यास नगरपालिका को सभाहलमा बुधबार सरोकारवालाको बैठक सम्पन्न भएको छ। बैठकले जेठ १४ र १५ गते विविध कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाउने निर्णय गरेको हो।
जिल्ला समन्वय समिति तनहुँ को समन्वयमा आयोजित बैठकमा जिल्लाका विभिन्न सरोकारवाला निकायको सहभागिता रहेको थियो। बैठकमा दिवसलाई जनस्तरसम्म पुग्ने गरी मनाउने विषयमा छलफल गरिएको थियो।
बैठकले जिल्लाभरका सरकारी कार्यालय तथा सार्वजनिक संस्थानहरूमा राष्ट्रिय झण्डा परिवर्तन गरी नयाँ झण्डा राख्ने निर्णय गरेको छ। साथै गणतन्त्र दिवसको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले नेपाल पत्रकार महासंघ को सहकार्यमा सम्पादकीयसहित रेडियो संवाद कार्यक्रम सञ्चालन गरिने भएको छ।
यसैगरी जेठ १४ गते बिहान ७ बजे विशेष सरसफाइ कार्यक्रम सञ्चालन गरिनेछ। कार्यालय परिसर, अनशन चौतारी, खुला चौर तथा मन्दिर आसपासका क्षेत्रमा सरसफाइ गरिने जनाइएको छ। सरसफाइ कार्यक्रममा सुरक्षा निकायको समेत सक्रिय सहभागिता रहनेछ।
गणतन्त्र दिवसको अवसरमा साँझ दीपप्रज्वलन, अनशन चौतारीमा झण्डोत्तोलन, फलफूल वितरण लगायतका कार्यक्रमसमेत आयोजना गरिने भएको छ। साथै मुटुरोग सम्बन्धी परिक्षण कार्यक्रम पनि सञ्चालन गरिने बताइएको छ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी, व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय, कर्मचारी, पत्रकार, जनप्रतिनिधि तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति प्रमुख शान्तिरमण वाग्लेले गणतन्त्र दिवसलाई राष्ट्रिय गौरवको दिनका रूपमा सबैको सहभागितामा मनाइने बताउँदै तय भएका कार्यक्रम सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको उल्लेख गर्नुभयो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page