शुक्लागण्डकीमा ३१ दिनकी शिशुलाई जिउँदै गाडेको आरोपमा आमा पक्राउ

शुक्लागण्डकीमा ३१ दिनकी शिशुलाई जिउँदै गाडेको आरोपमा आमा पक्राउ


तनहुँ, जेठ १४ — तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनकी शिशुलाई आफ्नै आमाले खाल्डो खनेर गाडेको घटनाले यस क्षेत्रनै स्तब्ध बनेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार सिद्धार्थ टोलमा डेरा गरी बस्दै आएकी स्याङ्जाको पुतलीबजार नगरपालिका घर भएकी ३७ वर्षीया मैना थापाले आफ्नी ३१ दिनकी छोरी प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेकी थिइन्।
घटनाको जानकारी पाएपछि उनका श्रीमान् गोपाल थापाले शिशुलाई तत्काल खाल्डोबाट निकाली उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौंडा पुर्‍याएका थिए। अस्पतालमा चिकित्सकले जाँचपछि शिशुलाई मृत घोषणा गरेका थिए।


प्रहरीका अनुसार मैना थापाले डिप्रेसनको औषधि सेवन गर्दै आएको खुलेको छ। इलाका प्रहरी कार्यालय बेलचौताराबाट पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page