माझफाँट शिवालय मन्दिरमा हुने महायज्ञकाे तयारी तिव्र—बालव्यास नारायण न्यौपानेको कथा वाचन

माझफाँट शिवालय मन्दिरमा हुने महायज्ञकाे तयारी तिव्र—बालव्यास नारायण न्यौपानेको कथा वाचन

व्यास नगरपालिका–९ स्थित माझफाँट शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा भाेली २४ गतेदेखि ३१ गतेसम्म हुने महायज्ञकाे तयारी तिव्र पारिएको छ र महायज्ञको सम्पूर्ण तयारी तीव्र गतिमा अघि बढाइए सँगै अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ।
महायज्ञ १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेको प्रमुख कथा वाचनमा सञ्चालन हुने कार्यक्रम रहेको छ। धार्मिक अनुष्ठानलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्ने लक्ष्यसहित तयारीलाई तिव्र पारिएको आयोजक समितिले जनाएको छ।
महायज्ञ तयारीबारे जानकारी दिँदै समिति अध्यक्ष बामदेव न्यौपानेले आवश्यक सबै व्यवस्थापन कार्य अन्तिम चरणमा पुगेको र स्थानीयवासीको सहयोग उत्साहजनक रहेको बताए। उनले महायज्ञ सफल बनाउन सम्पूर्ण समिति सक्रिय रूपमा परिचालन भएको उल्लेख गरे।
त्यस्तै, वडा नं. ९ का सदस्य सन्तोष जिसीले महायज्ञले धार्मिक मात्र नभई सामाजिक एकता र सांस्कृतिक जागरणमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने बताए।
स्थानीय युवा राजन थापाले पनि महायज्ञलाई सफल बनाउन युवापुस्ताको सक्रिय सहभागिता रहेको र तयारी कार्यमा सहयोग जारी रहेको जानकारी दिए।
महायज्ञ माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा हुने भएको हो।

आयोजकले सबै भक्तजन तथा स्थानीयवासीलाई सहभागी भई धार्मिक लाभ लिन आग्रह गर्दै भाेलिकाे उद्घाटन कार्यक्रममा सहभागी हुन सबैलाई आब्हान गरेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page