रास्वपा तनहुँको जिल्ला सभापतिमा न्याैपाने र वास्ताेलाबिच प्रतिस्पर्धा हुँदै
दमौली, जेठ २३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशनअघि नेतृत्व चयनको प्रतिस्पर्धा रोचक बनेको छ। भोलि जेठ २४ गते हुने अधिवेशनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता भएसँगै पार्टीभित्र चुनावी सरगर्मी बढेको हो।
सभापति पदमा डा. शेषरमण न्यौपाने र विश्व वास्तोला आमनेसामने भएका छन्। उपसभापतिमा पदमराज न्यौपाने (व्यास), विष्णु पन्त (आँबुखैरेनी), किसान प्रधान (बन्दीपुर) र सीता अधिकारी (म्याग्दे) बीच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी सचिव पदमा दीपक ढकाल (घिरिङ) र अनिल श्रेष्ठ (आँबुखैरेनी) चुनावी मैदानमा छन् भने सहसचिव पदका लागि पदम सुनार (व्यास) र सागर अधिकारी क्षेत्रीले उम्मेदवारी दिएका छन्।
सदस्य पदका लागि १३ जनाको उम्मेदवारी परेको छ। शुन्दर बस्याल (शुक्लागण्डकी), हरिकुमार श्रेष्ठ, भरतकुमार श्रेष्ठ, केशबहादुर थापा, सीता विक, महमद सतार मियाँ, अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल, सशी रूपाखेती, सुनिता परियार, चिरञ्जीवी सापकोटा र कृष्णबासु पन्त सदस्य पदका प्रत्याशी हुन्। यीमध्ये तीन जना निर्वाचित हुनेछन्।

उम्मेदवारी दर्तापछि रास्वपा तनहुँमा चुनावी माहोल तातेको छ। नयाँ नेतृत्व चयनमार्फत जिल्लामा पार्टी संगठनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। भोलिको अधिवेशनले तनहुँ रास्वपाको आगामी नेतृत्वको टुंगो लगाउनेछ।





























