रास्वपा तनहुँ अधिवेशन : सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत

रास्वपा तनहुँ अधिवेशन : सचिवमा अनिल श्रेष्ठ सर्वसम्मत


दमौली, जेठ २३ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशनअघि सचिव पदमा उम्मेदवार रहेका अनिल श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
सचिव पदका अर्का उम्मेदवार दीपक ढकालले उम्मेदवारी फिर्ता लिएपछि श्रेष्ठ निर्विरोध चयन भएका हुन्। उम्मेदवारी फिर्तासँगै सचिव पदको प्रतिस्पर्धा अन्त्य भएको छ भने अन्य पदमा भने चुनावी प्रतिस्पर्धा कायम रहेको छ।

भोलि जेठ २४ गते हुने जिल्ला अधिवेशनमार्फत सभापति, उपसभापति, सहसचिव तथा सदस्य पदका लागि नेतृत्व चयन गरिनेछ। सचिव पदमा सर्वसम्मत नेतृत्व चयन भएसँगै अधिवेशनको माहोल थप उत्साहित बनेको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page