माझफाँट शिवालय मन्दिर महायज्ञको तयारी पूरा, आज दिउँसो २ बजे कलश यात्रा सहित उद्घाटन
दमौली, जेठ २४ — व्यास नगरपालिका–९ माझफाँटस्थित शिवालय (माहेन्द्रेश्वर महादेव) मन्दिरमा आज जेठ २४ गतेदेखि सुरु हुने पुरूषाेत्तममास तथा धार्मिक महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ।
माहेन्द्रेश्वर महादेव मन्दिर संरक्षण समितिको आयोजनामा हुने महायज्ञ जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ। १८ पुराणका सरस प्रवक्ता बालव्यास नारायण न्यौपानेको कथा वाचन रहने महायज्ञका लागि मञ्च निर्माण, प्रवेशद्वार, प्रचारप्रसार, निमन्त्रणा वितरण तथा अन्य व्यवस्थापनका काम सम्पन्न भएको आयोजकले जनाएको छ।
समिति अध्यक्ष बामदेव न्यौपानेका अनुसार आज दिउँसो २ बजे भव्य कलश यात्रासहित महायज्ञको शुभारम्भ गरिनेछ। धार्मिक कार्यक्रमलाई सफल बनाउन स्थानीय बासिन्दा, युवा तथा विभिन्न संघसंस्थाहरू सक्रिय रूपमा जुटेका छन्।

व्यास ९ का वडा सदस्य एवम् महायज्ञ मुल समारोह समितिमा रही तयारीमा खटिएका सन्तोष जिसीले सम्पूर्ण भक्तजनलाई कलश यात्रा तथा उद्घाटन कार्यक्रममा सहभागी भई पुण्य लाभ लिन आग्रह गरेका छन् ।





























