रास्वपा तनहुँ १ काे क्षेत्रीय सभापतिमा शशि र २ मा शुन्दर सर्वसम्मत चयन !

रास्वपा तनहुँ १ काे क्षेत्रीय सभापतिमा शशि र २ मा शुन्दर सर्वसम्मत चयन !

दमौली, जेठ २४ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँको प्रथम जिल्ला अधिवेशनअन्तर्गत नयाँ जिल्ला नेतृत्व चयनका लागि आज निर्वाचन हुने भएको छ। अधिवेशनमा केही पदमा सहमति जुट्दै सर्वसम्मति कायम भए पनि मुख्य पदहरूमा भने प्रतिस्पर्धा हुने निश्चित भएको छ।
सभापति पदमा डा. शेषरमण न्यौपाने र विश्व वास्तोलाबीच प्रतिस्पर्धा हुने भएको छ। यस पदमा सहमति जुटाउन भएका प्रयास असफल भएपछि निर्वाचनमार्फत नेतृत्व चयन हुने भएको हो। उपसभापति पदमा विष्णु पन्त र पदमराज न्यौपानेबीच प्रतिस्पर्धा रहनेछ भने सहसचिव पदमा पदम सुनार र दुर्गाकुमार श्रेष्ठबीच चुनाव हुने भएको छ।
यता सदस्य पदतर्फ प्रारम्भमा १३ जनाको उम्मेदवारी रहे पनि सहमति जुटेको छ। सर्वसम्मत हुने सदस्यहरूमा शुन्दर बस्याल, हरिकुमार श्रेष्ठ, भरतकुमार श्रेष्ठ, केशबहादुर थापा, सीता विक ( दलित तर्फ ) अम्बिका वाग्ले, सीता अधिकारी, अञ्जु दाहाल,केशबहादुर थापा ( जातीय बाहुलियता) सशी रूपाखेती रहेका छन् ।
यसमध्ये क्षेत्र नं. १ अन्तर्गत क्षेत्रीय समिति संयोजकमा बन्दिपुरकी शशीरूपाखेती सर्वसम्मत निर्वाचित भएकी छन् भने क्षेत्र नं २ मा शुन्दर बस्याल सर्वसम्मत रूपमा चयन भएका छन् ।
विभिन्न तहमा सहमति र प्रतिस्पर्धा दुवै देखिए पनि अन्तिम चरणमा पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउने प्रयास भइरहेको अधिवेशन स्रोतले जनाएको छ।

अधिवेशनमा पर्यटनमन्त्री मुख्य अतिथिका रूपमा सहभागी हुँदै छन्। नवनिर्वाचित नेतृत्वले संगठन विस्तार, सदस्यता सुदृढीकरण र आगामी राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page