प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा १९ जना नियन्त्रणमा, ९ जनामाथि थप अनुसन्धान

प्रहरीको सर्च एण्ड स्विप अपरेसनमा १९ जना नियन्त्रणमा, ९ जनामाथि थप अनुसन्धान

जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहतका प्रहरी इकाईबाट असार ३ गते खटिएको टोलीले लागुऔषध नियन्त्रण, अवैध मदिरा बिक्री–वितरण, शान्ति सुरक्षा कायम, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत–साधनको अनधिकृत दोहन नियन्त्रण लगायतका उद्देश्यले सर्च एण्ड स्विप अपरेसन सञ्चालन गरेको छ।
उक्त अभियानका क्रममा १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। नियन्त्रणमा लिइएकामध्ये ९ जनामाथि आवश्यक थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीले यस्ता अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page