म्याग्देमा उत्कृष्ट कृषि उद्यमी समूह सम्मानित

म्याग्देमा उत्कृष्ट कृषि उद्यमी समूह सम्मानित


तनहुँ, असार २९ – म्याग्दे गाउँपालिकाको उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेशसँगको सहकार्यमा सञ्चालित ‘वृद्धिमुखी उद्यमशीलता तथा रोजगारी प्रवर्द्धन कार्यक्रम’ अन्तर्गत उत्कृष्ट एक उद्यमीका रूपमा छनोट भएको श्री चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूह, म्याग्दे–४, छिल्लीस्वाँरा लाई सम्मान गरिएको छ।
म्याग्दे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष दीपक कुमार श्रेष्ठ लगायत वडा कार्यालयको तर्फबाट समूहलाई सम्मानपत्र प्रदान गरिएको हो। कृषि उद्यम, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक विकासमा पुर्‍याएको उल्लेखनीय योगदानको कदर गर्दै सम्मान गरिएको जनाइएको छ।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण गिमिरे, विभिन्न वडाका वडा अध्यक्षहरू, जनप्रतिनिधिहरू, कृषक उद्यमी तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page