रास्वपा महाधिवेशन: तनहुँबाट ६ जनाकाे केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा, बुधबार मतदान हुँदै

रास्वपा महाधिवेशन: तनहुँबाट ६ जनाकाे केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा, बुधबार मतदान हुँदै

तनहुँ — राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) को पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशन अन्तर्गत बुधबार केन्द्रीय सदस्य पदका लागि मतदान हुने भएको छ। आइतबारदेखि सुरु भएको महाधिवेशन पार्टीको संगठनात्मक संरचना मजबुत बनाउने र विभिन्न तहमा नेतृत्व चयन गर्ने प्रक्रियामा अघि बढिरहेको छ।
तनहुँ जिल्लाबाट केन्द्रीय सदस्य पदका लागि खुला, प्रदेशगत तथा क्लस्टरगत आधारमा गरी ६ जना उम्मेदवारहरू प्रतिस्पर्धामा रहेका छन्। खुला तर्फबाट डा. स्वर्णिम वाग्ले र प्रकाश थापा उम्मेदवार रहेका छन् भने गण्डकी प्रदेश तर्फ श्रीराम न्यौपाने, राजु दाहाल र विकास सिग्देल केन्द्रीय सदस्य पदका लागि चुनावी प्रतिस्पर्धामा छन्।
यसैबीच मुस्लिम क्लस्टर (पुरुष) तर्फबाट नुर मोहम्मद मियाँ पनि केन्द्रीय सदस्य पदका उम्मेदवार बनेका छन्। उनले महाधिवेशनलाई पार्टीभित्र समावेशी प्रतिनिधित्व, लोकतान्त्रिक अभ्यास र संगठन सुदृढीकरणको महत्वपूर्ण अवसरका रूपमा लिँदै प्रतिनिधिहरूको साथ र समर्थनको अपेक्षा गरेका छन्।
उम्मेदवारहरूले महाधिवेशनमार्फत नीति निर्माण, संगठन विस्तार तथा स्थानीय तहदेखि केन्द्रसम्मको संरचना मजबुत बनाउने लक्ष्य राखिएको बताएका छन्। निर्वाचनपछि नयाँ केन्द्रीय सदस्यहरूको टिमले पार्टीलाई आगामी राजनीतिक यात्रामा अघि बढाउने अपेक्षा गरिएको छ।


बुधबार हुने मतदानपछि केन्द्रीय सदस्यहरूको अन्तिम परिणाम सार्वजनिक गरिनेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page