तनहुँमा एक वर्षमा ५७ जनाकाे गयो ज्यान, ट्राफिक कारबाहीबाट २ करोड ४ लाख बढी राजस्व संकलन

तनहुँमा एक वर्षमा ५७ जनाकाे गयो ज्यान, ट्राफिक कारबाहीबाट २ करोड ४ लाख बढी राजस्व संकलन

दमौली, साउन २ — आर्थिक वर्ष २०८२/८३ मा तनहुँमा सवारी दुर्घटनाले ५७ जनाको ज्यान लिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका अनुसार सो अवधिमा जिल्लाभर ७८ वटा सवारी दुर्घटना हुँदा ६५ जना गम्भीर र ४७ जना सामान्य घाइते भएका छन्।
ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कडाइ गर्दै ट्राफिक प्रहरीले वर्षभर २४ हजार ३४९ वटा कारबाही गरेको छ। ती कारबाहीबाट २ करोड ४ लाख ५० हजार ५०० रुपैयाँ राजस्व संकलन भएको तथ्यांक सार्वजनिक गरिएको छ।
दुर्घटना न्यूनीकरण र सुरक्षित सडक संस्कृतिको विकासका लागि ट्राफिक प्रहरीले वर्षभर १४ हजार ६१३ वटा ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरेको छ। ती कार्यक्रमबाट ७ लाख ६६ हजार ३७१ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।


तनहुँका ट्राफिक प्रहरी प्रवक्ता प्रहरी नायब निरीक्षक (सई) एकनारायण खनालका अनुसार ट्राफिक नियमको प्रभावकारी कार्यान्वयनसँगै जनचेतनामूलक कार्यक्रमलाई पनि समान प्राथमिकतामा राखिएको छ। उनले सवारी चालक, यात्रु तथा सबै सडक प्रयोगकर्तालाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै सचेतना र अनुशासन नै दुर्घटना न्यूनीकरणको मुख्य आधार भएको बताए।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page