वरपिपल चाैतारी थियाे।
सिरसिर बतास शितलता थियाे।
तर शितल ताप्दिनेहरु थिएनन्।
चाैतारीमा ठुलाे छपनी थियाे।
बाघचाल खेल्ने डाेबहरु थिए।
तर बाघचाल खेल्नेहरु थिएनन्।
पाेखरी थियाे।आहालहरु सुकेका थिए।
गाेठ अनि धन्सारहरु थिए।
तर गजुवागाई,जाेवानेगाेरु,टेणिभैसि र भाेटेकुकुरहरु थिएनन्।
गजिमणकाे तेर्सिएकाे हागामा लिङ्गेपिङ् हाल्ने डाेब थियाे।
धमिराले मक्किएका राेटेपिङका खावाहरु थिए।
तर पिङ हाल्नेहरु काेहि थिएनन्।
हाे म गाउँ गएकाे थिए।
. . . . . . .
काउराे र पाखुरीका रुखहरु थिए।
जङ्गलकाे चिलाउनेकाे रुख जस्तो काटछाट थिएन।
सजिवन र सिउडीका वाेटहरु थिए।
तर बारहरु थिएनन् ।
खेतहरुथिए।बारीहरु थिए।
तर उब्जाउ थिएनन् ।
गाउँ थियाे।तर गाउँ थिएन।
गाउँकाे सास थिएन।
हाे म गाउँ गएकाे थिए।
- वंश सुदीप , व्यास - ७