व्यास ३ का युवालाई ४५ दिने कफी बनाउने तालिम
व्यास नगरपालिका वडा नं. ३ ले वडाका युवाहरुलाई ४५ दिने वारिष्टा (कफि) बनाउने तालिमको शुभारम्भ गरेको छ । उक्त तालिम कार्यक्रमको आज व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गरेका थिए ।
तालिमको उद्घाटन गर्दै नगर प्रमुख न्यौपानेले युवाहरुले सिप सिकेर रोजगार बनि स्वदेशमा नै सम्मानपूर्वक जिवनयापनको लागि लाग्नुपर्ने बताए ।


व्यास ३ का अध्यक्ष अनुप रानाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडा सदस्य दधिराज घिमिरे , वडा सदस्य श्रीमाया बि.क. लगायतले बाेलेका थिए।


व्यास नगरपालिकामा पहिलोपटक संचालित बारिष्टा ( कफि) बनाउने तालिममा ३० जना युवाहरुकाे सहभागिता रहेको र उक्त तालिम बैशाष ९गतेदेखि जेठ २४ गतेसम्म संचालन हुने वडा सदस्य दधिराज घिमिरेले बताए ।












































