गाेरू बेचेको साइनो सम्बन्धमा विपक्षीहरूले गलत अर्थ लगाए – डाक्टर स्वर्णिम
तनहुँ क्षेत्र नं १ का सांसद डाक्टर स्वर्णिम वाग्लेले आफ्नाे अभिव्यक्तिलाई विपक्षीहरूले गलत अर्थ लगाइ अफवाह फैलाएको बताएका छन् । तनहुँ संग गाेरू बेचेकाे साइनाे छैन भन्ने अभिव्यक्ति सम्बन्धमा सिङ्गो जिल्ला तरंगित भएपछि म्याग्दे अनलाइन सँगकाे टेलिफोन संवादमा वाग्लेले साे कुरा बताएका हुन् । गत माघ २ गते काठमाडौंमा आयाेजित प्राेफेसर दुर्गादत्त पाैडेलकाे पुस्तक बिमाेचनका क्रममा बाेलिएकाे भिडियोलाई काटेर गलत अर्थ लगाइएको उनले बताए ।

तनहुँ घर भइ हाल अमेरिका रहेका पाैडेलकाे पुस्तक बिमाेचन कार्यक्रममा सहभागी अधिकांश तनहुँका भएको र उक्त कार्यक्रममा अाफु बिशिस्ट अतिथिकाे रूपमा सहभागी भइ सम्बाेदन गरेको उनले जानकारी दिए । मलाई चुनावकाे बेला पुराना पार्टीका केही नेताहरूले हेपेर याे टुरिष्ट उम्मेदवार हाे भन्ने आराेप लगाए ।

याे काङ्ग्रेसको गढ जिल्ला हाे , अन्य जिल्लामा जेभएपनि तनहुँमा यस्ता टुरिष्ट उम्मेदवारकाे केही चल्दैन भन्दै वाग्लेकाे याे जिल्लामा गाेरू बेचेको साइनो पनि नभएको अभिव्यक्ति दिए । ती गलत आराेप लगाएर खिसिटिउरि गर्नेहरूको सम्बन्धमा आफुले बाेलेकाे उनले प्रस्ट पारे । नेताहरूले गलत आराेप लगाएपनि तनहुँका विवेकशील र शिक्षित मतदाताहरूले आफुलाइ अत्याधिक मत दिएर बिजय गराएको कुरा बाेलेकाे उनलेे बताए ।
बिदेशमा भएका युवाहरूकाे सहयोग , सामाजिक सञ्जाल एवम् साेसल मिडिया लगायतको प्रयाेगले थाेरै समयमै तनहुँका जनताले अाफुलाइ चिनेका र मतदान गरेका उनले बताए । गलत अर्थ र अफवाह फैलाउनकाे सट्टा पूरा भिडियो हेरेर प्रतिक्रिया दिन उनले सबैलाई आग्रह गरेका छन् । तनहुँकाे याे उदाहरण अब ०८४ काे चुनावमा देशभरि लैजाने र बहुमत ल्याउने समेत उनले बताएका छन् ।
यता सांसद वाग्लेकाे प्रतिक्रिया सँग काङ्ग्रेस , एमाले लगायतका दलका नेता कार्यकर्ताले भने सामाजिक सञ्जाल मार्फत कडा टिप्पणी गरिरहेका छन् । नेपाली काङ्ग्रेसका जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले उनको अभिव्यक्ति सम्बन्धमा स्टाटस लेख्दै – तनहुँ क्षेत्र नं १ बाट निर्वाचित सांसद डा. स्वर्णिम वाग्लेले तनहुँबासी संग मेरो गोरु बेचेको साइनो पनि थिएन भनेर तनहुँबासीको भावनामा ठेस त पुरयाए नै । कति वटा सहिद निकालेको जिल्ला भन्ने तुच्छ अभिव्यक्ति दिएर दिवङगत सहिदहरु र उनीहरुका परिवारजनको थप अपमान गरेका छन् । जुन विषय तनहुँबासीका लागि स्वीकार्य विषय छैन ।तसर्थ तनहुँबासी र सहिदको अपमान गर्ने सांसद वाग्लेले तुरुन्त क्षमायाचना गर्नुपर्दछ ।
यस्तै नेकपा एमालेका जिल्ला सदस्य प्रकाश चन्द्र भट्टराईले एक स्टाटस लेख्दै तनहुँसँग गोरु बेचेको पनि साईनो नभएपछि ‘अन्तर्राष्ट्रिय स्तरको अर्थशास्त्री’ डाक्टर सापबाट तनहुँका जनताले के अपेक्षा गर्ने हो ? भनी पाेस्ट गरेका छन् ।
























