राष्ट्रिय सभा निर्वाचनका लागि दमाैलीमा सत्तागठवन्धनकाे परिचयात्मक कार्यक्रम

नेपाली काँग्रेस तनहुको आयोजनामा वी.पी. स्मृति भवन दमौलीमा राष्ट्रिय सभा निर्वाचनका सन्दर्भमा सत्ता गठवन्धनकाे भेटघाट एवम् परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । यहि माघ ११ गते हुन गईरहेको राष्टिय सभा निर्वाचनका सन्द्रर्भमा सत्ता गठवन्धनका उम्मेदवार तथा मतदाताहरुबीच परिचयात्मक कार्यक्रम सम्पन्न भएको हाे ।

नेपाली काँग्रेस तनहुका उपसभापति राजेन्द्र कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य धुर्व वाग्ले, नेकपा माओवादी केन्द्रका नेता हरिबहादुर चुवान, नेकपा माओवादी केन्द्रकी नेता आशा खनाल, नेकपा समाजवादीका काजिमान श्रेष्ठ लगायतका गठवन्धनका नेताहरुले पार्टीका तर्फबाट शुभकामना दिँदै नेपालको वर्तमान राजनीतिमा गठवन्धनको महत्व जननिर्वाचित संसदलाई भंग गरिरहने अलोकतान्त्रिक कदमका बिरुद्ध, संविधानको रक्षा र जनआन्दोलनका उपलब्धीहरुको संरक्षणका लागि भएको स्पष्ट पारेका थिए ।

कार्यक्रममा केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहका पार्टी नेताहरु एंव स्थानीय तहका प्रमुख उपप्रमुखहरुको उल्लेख्य उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाली काँग्रेसका उपसभापति देवकुमार श्रेष्ठद्धारा स्वागत तथा नेकपा माओवादी केन्द्रका अतिन्द्र केशरी न्यौपानेले कार्यक्रमको सन्चालन गरेका थिए । आसन्न राष्टिय सभा निर्वाचनकालागि गठवन्धन दलहरुबाट किरण बाबु श्रेष्ठ, नेपाली काँग्रेस, मनरुपा शर्मा नेकपा माओवादी केन्द्र, पदम बहादुर परियार नेपाली काँग्रेसकाे तर्फबाट उम्मेदवार रहेका छन् ।उक्त कार्यक्रममा उम्मेदवारहरुले गठबन्धनको मर्म अनुरुप आफूहरुले मुलुक र जनताको हितमा काम गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । संघीयतालाई मजबुत बनाउने विषयमा आफूहरुले विशेष प्राथमिकता दिने उनिहरुको भनाई थियो । उम्मेदवारहरुले आफूहरुलाई अमूल्य मत दिई विजयी गराउन पनि मतदाताहरु समक्ष आग्रह गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page