दमाैलीमा खुलेको काेरियन थर्मल थेरापी प्रति बिरामीको आकर्षण बढ्दै

दमाैलीमा खुलेको काेरियन थर्मल थेरापी प्रति बिरामीको आकर्षण बढ्दै
oppo_1026

दमाैलीमा खुलेको निशुल्क काेरियन थर्मल थेरापी प्रति सर्वसाधारणको आकर्सण बढ्दै गएको छ । २०८० साल चैत २५ गतेदेखि व्यास नगरपालिका वडा नं २ स्थित कालिका मार्गमा खुलेको थेरापीमा दैनिक ७० जनाको आसपास बिरामीहरू सेवा लिन आउने गरेका छन् ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने थेरापीकाे सेवा लिने बिरामीकाे संख्या दिनदिनै बढ्दै गएको नुगा वेष्ट दमाैलीका सञ्चालक आकाश सेरपुजाले बताए । खासगरी ढाड दुख्ने , घुंडा दुख्ने , पाता दुख्ने लगायत ग्यास्टिक , सुगर , प्रेसर , माेटाेपना लगायतका समस्या भएका बिरामीहरू यहाँ दैनिक सेवा लिन आउने गरेको सेरपुजाले जानकारी दिए ।यहाँ आउने बिरामीहरूलाइ N 4 मेसिन मा करिब आधा घण्टा सुताएर उपचार गरिने कर्मचारी सरिता थापाले बताइन् ।

व्यास नगरपालिका वडा नं ४ बाट ढाड , घुँडा दुख्ने समस्याले उपचारको लागि बिगत १ हप्ता देखि आएकि जया न्याैपानेले यहाँ उपचार गर्न थालेपछि दुखाइ कम भएको बताइन् । मलाई सुरुमा भन्दा दुखाइ धेरै कम भएको छ भन्दै न्याैपानेले घर नजिकै निशुल्क सेवा लिन पाउनु ठुलो कुरा भएको बताइन् । न्याैपाने जस्तै सरस्वती पाैडेलले पनि काेरियन थेरापिले आफ्नाे समस्या कम हुँदै गएको बताइन् । निशुल्क सेवा लिन पाउँदा सम्बन्धित बिरामीहरू खुसि भएका छन् ।

कम्पनीले यदि बिरामीहरूले आवस्यकता महशुस गरेमा N4 मेसिन उपलब्ध गराउने गरेको छ । उक्त मेसिन लिएमा घरमै सेवा लिन सकिने अर्का कर्मचारी पृन्स अधिकारीले बताए । दमाैली शाखाबाट अाेमकुमारि थापाले उक्त मेसिन अर्डर गरेर घरमै लगेकि छन् ।घरमा लगेपछि त्यहाँ बाट लिन सकिने सेवा सबै परिवारले लिन पाउने भए पछि अधिकाँश बिरामीले घरमै लाने गरेको अधिकारीले बताए । उक्त मेसिनकाे २ लाख ८९ हजार मुल्य रहेको छ । दमाैली शाखामा रहेको काेरियन थर्मल थेरापिमा सेरपुजा सहित थापा , अधिकारी र अंकिता दुराले बिरामीलाइ सेवा दिइरहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page