म्याग्देका किसानलाई ५४ हजार माछाका भुरा वितरण
तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा किसानलाई माछाको भुरा वितरण गरेको छ । व्यावसायिक रुपमा माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न पालिकाले माछाका भुरा वितरण गरेको हो ।


गाउँपालिकाका सातवटै वडाका किसानलाई ५४ हजार तीन सय माछाका भुरा वितरण गरेको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । माछापालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा भुरा वितरण गरेको अधिकारीले जानकारी दिए ।





























