क्षत्री समाजको भवनमा संग्रहालय बनाउन बस्नेतलाई संयाेजक ताेकियाे

क्षत्री समाजको भवनमा संग्रहालय बनाउन बस्नेतलाई संयाेजक ताेकियाे

क्षत्री समाजकाे भवनमा संग्रहालय र पुस्तकालय बनाउन व्यास २ निवासी देवी बहादुर बस्नेतलाई संयाेजककाे जिम्मेवारी दिइएको छ । क्षेत्री समाज नेपाल जिल्ला कार्यसमिति तनहुँको दसौं बैठकले क्षत्री समाज बहुउद्देश्यीय भवन ब्यास १ मा बहुप्रतिक्षित संग्रहालय र पुस्तकालय स्थापना गर्ने निर्णय गरेको र त्यसमा संयोजकको जिम्मेवारी बस्नेतलाई दिने निर्णय गरेको समाजका अध्यक्ष शम्भु बहादुर अधिकारीले बताए ।

खोज तथा अनुसन्धानमुलक लेखक, एतिहासिक र धार्मिक महत्त्वका पुरातात्त्विक अन्वेषक,इतिहासविद बस्नेतलाई संयाेजककाे जिम्मेवारी दिँदा काम प्रभावकारी हुने ठानेर हामीले सर्वसम्मत निर्णय गरेका हाैं अधिकारीले भने ।

यता आफुले पाएको महत्त्वपूर्ण जिम्मेवारीलाई अत्यन्तै मेहेनत गरेर पूरा गर्ने बस्नेतले बताएका छन् । संग्रहालयमा नेपाल एकिकरणमा प्रयोग भएका पुराना हातहतियार हरू राख्ने र नपाए नयाँ बनाएर राखिने बस्नेतले बताए ।

पुरातात्त्विक संग्रहालय , पुस्तकालय , तनहुँका चाैबिसे राज्यका बारेमा जानकारी , विभिन्न जातजातिको संस्कृति झल्कने चित्रहरू, राष्ट्रिय बिभुतिहरूकाे शालीक बनाउने ,श्रब्यदृश्य कक्ष निर्माण गर्ने , काेलढुंगा, दरै संस्कृति , मगर हरूकाे खुर्पेटाे , शालिकराम , घण्टा लगायतका सामाग्री हरू राख्ने गरि अगाडि बढ्ने बस्नेतले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page