दमाैलीमा भीषण आगलागी, करोडौंको समान जलेर नष्ट

दमाैलीमा भीषण आगलागी, करोडौंको समान जलेर नष्ट

तनहुँकाे सदरमुकाम दमाैलीमा भीषण आगलागि भएको छ । दमाैलीकाे मुख्य चाेक फलफूल लाइनका पसलमा आगलागि भएको हाे । मध्यरातमा अकस्मात् एक पसल भित्रबाट सल्केको आगाे सफासडक चाेक देखि तरकारी लाइन चाेक बिचका सबै पसलमा पुग्दा करोडौंको क्षति भएकाे छ ।

राति करिब पाैने १२ बजेवाट सुरु भएको आगाे ३.२० मा नियन्त्रणमा आएकाे छ । आगाे नियन्त्रणमा लिन सुरुवात देखि नैं व्यास नगरपालिकाकाे दमकलले प्रयास गरेको थियो , तर दमकलकाे प्रयासले मात्रै आगाे नियन्त्रणमा आउन नसक्दा अन्य सबै पसलमा पुरै क्षति भएको हाे । आगाे नियन्त्रणमा लिन तनहुँ हाइड्रोकाे दमकल र सडककाे पानी ट्याङ्कर करिब २.४० तिर थप भएको थियो ।

आगाे कसरी लाग्न गयो भन्ने पुर्ण जानकारी भइनसके पनि बिजुली सर्ट भएर सल्केको हुन सक्ने प्रहरीले बताएको छ । एक प्रहरीका अनुसार माेवाइल पसलको सटरमा सुरुमा आगाे देखिएको र तत्कालै थप प्रहरी आगाे नियन्त्रणका लागि खटिएको थियो । तर आगाे सटर भित्र बाट फैलदै गएपछि समयमा नियन्त्रणमा लिन नसकिएको हाे । उक्त सटरहरू सबै व्यावसायिक सटरहरू भएको र रातिमा बन्द गरेर घरमा जाने भएकोले पनि सटर खाेल्न नसकिएको हाे । फलफूल पसल ,माेवाइल पसल , आइसक्रिम पसल , दुध डेरी , पान पसल , किराना पसल , स्टेसनरी लगायत गरि करिब ३५ वटा पसलहरू जलेर पुर्ण रूपमा ध्वस्त भएका छन् । आगाे नियन्त्रणमा लिन प्रहरी , सशस्त्र प्रहरी , नेपाली सेना , स्थानीय , नगरप्रहरि लगायत खटिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page