अन्तरपालिका भलिबलकाे फाइनलमा शुक्लागण्डकी प्रवेश !
तनहुँकाे सदरमुकाम दमाैली स्थित अनसन चौतारी खुल्ला चौरमा जारी अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियोगिताकाे फाइनलमा शुक्ला गण्डकी नगरपालिका प्रवेश गरेको छ। आज सम्पन्न अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा भिमाद नपा लाई ३-१ को सेटमा पराजित गरि शुक्लागण्डकी फाइनलमा पुगेको हो। फाइनल सनिवार दिउँसो हुनेछ ।


यस्तै अर्को फाइनलमा पुग्ने टिम भने आज टुंगो लाग्न सकेन । ऋषिङ गाउँपालिका र घिरीङ गाउँपालिका बिच चलिरहेको खेल हावाहुरीले राेकिँदा उक्त खेल स्थगित भएको थियो । स्थगित खेल सनिवार बिहान खेलाइ दिउँसो फाइनल खेल खेलाइने भलिबल संघ तनहुँले जनाएको छ ।


स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ बिहीबारदेखि प्रतियोगिता सुरु भएको हाे ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार १ सय ११ रूपयां नगद तथा ट्रफि, मेडल र प्रमाणपत्र पाउने जिल्ला भलिबल संघ तनहुँका अध्यक्ष पदम सुनारले बताए । यस्तै प्रतियोगितामा दोस्रो हुने टिमले ५१ हजार १ सय ११ तथा तेस्रो हुने टिमले २५ हजार १ सय ११ रूपया नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउने सुनारले जानकारी दिए ।

प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्पाईकर, बेस्ट सेटर, बेस्ट डिफेन्डर, बेस्ट ब्लकर बेस्ट कोच, बेस्ट सर्भर लाई समेत उचित पुरस्कारको ब्यवस्था गरिएको छ ।
प्रतियोगितामा ९ वटा पालिकाका खेलाडीकाे सहभागी ता रहेको छ ।

























