रेडक्रसकाे १ सय ५० थान पाल तनहुँ आयाे
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशको गोदामबाट तनहुँ जिल्ला शाखालाई १५० थान त्रिपाल हस्तान्तरण भएको छ ।


जिल्लाका विभिन्न पालिकाहरूमा यही जेष्ठ १७ गते आएको विनाशकारी हावाहुरीबाट धेरै घर ,गोठ तथा विद्यालयहरूको क्षति भएको विवरण आइरहेकाे बेलामा नेपाल रेडकस सोसाइटी गण्डकी प्रदेशको गोदामबाट १५० स्थान त्रिपाल सहयोग भएको नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका महासचिव रामदत्त पाैडेलले बताए ।


उक्त त्रिपाल नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति एवं केन्द्रीय सदस्य डा. कृष्णप्रसाद गौतम र जिल्ला शाखा तनहुँका मन्त्री सूर्य चन्द्र हड्खलेलाइ हस्तान्तरण गरिएकाे पाैडेलले बताए । जिल्ला शाखा तनहुंले क्षतिको वास्तविक विवरणको प्रहरी मुचुल्का तथा सम्बन्धित वडा एवं उपशाखाको समेत सिफारिसमा उक्त गैरखाद्य सामग्रीहरू सम्बन्धित व्यक्तिहरूलाई वितरण गर्नेछ।

वितरण प्रक्रियालाई एक द्वार प्रणाली द्वारा गरिने प्रमुख जिल्ला अधिकारी जनार्दन गाैतमले बताए ।


























