अन्तरपालिका भलिबल प्रतियोगितामा भिमाद तृतीय
तनहुँकाे सदरमुकाम दमाैली स्थित अनसन चौतारी खुल्ला चौरमा जारी अन्तरपालिका स्तरीय पुरूष भलिबल प्रतियोगितामा भिमाद नगरपालिका तृतीय भएको छ ।


सनिवार तृतीय स्थानको लागि भएको खेलमा ऋषिङ गाउँपालिका लाई पराजित गर्दै भिमाद तृतीय हुन सफल भएको हाे । प्रतियोगितामा यस अघि नैँ शुक्लागण्डकी नगरपालिका र घिरिङ गाउँपालिका फाइनलमा पुगेका छन् । फाईनल खेल केही बेरपछि हुँदैछ ।


तृतीय भएको भिमादले २५ हजार १ सय ११ रूपया नगदका साथ ट्रफि, मेडल र प्रमाणपत्र पाउने भएको छ ।



























