जेसीआई ब्यासनगरकाे भवन निर्माणलाइ महिला उधमि संघकाे सहयोग

जेसीआई ब्यासनगरकाे भवन निर्माणलाइ महिला उधमि संघकाे सहयोग


तनहुँकाे व्यास नगरपालिका वडा नं ४ सिमलटारमा रहेको जेसीआई ब्यासनगर सचिवालय भवन निर्माणकाे लागि महिला उधमि संघ तनहुँले आर्थिक सहयोग गरेको छ ।

संघले सनिवार जेसीआई ब्यासनगर भवन निर्माण समितिका संयाेजक सुरेश पुरी लाई नगद रू ७ हजार ५ सय १७ रूपयाँ दिएर सहयोग गरेको हाे । महिला उधमि संघ नेपाल तनहुँकि अध्यक्ष निर्मला मल्ल नेतृत्वको टाेलिले उक्त रकम सहयोग गरेको हाे । उक्त सहयोग कार्यक्रममा महिला उधमि संघ तथा जेसीआइ व्यास नगरका पदाधिकारी एवम् सदस्यहरूकाे उपस्थिति रहेको थियो । जेसीआई व्यास नगर सचिवालयकाे तला थप एवम् ब्यवस्थापनका लागि अहिले काम भइरहेको छ ।

महिला उधमि संघ नेपाल तनहुँले भवन निर्माणकाे लागि सहयोग गरेकोमा भवन निर्माण समितिका संयाेजक पुरीले धन्यवाद दिएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page