१३ नम्बर वडा भवन समय अगाडि नैं सम्पन्न गरेका ठेकेदार श्रेष्ठ सम्मानित

व्यास नगरपालिका वडा नं १३ काे वडा कार्यालय भवन निर्माण ताेकिएकाे समय भन्दा ७ महिना अगाडि नैं सम्पन्न भएको छ । गणेश कन्ट्रक्सनकाे नाममा ठेकेदार रूद्र श्रेष्ठले पाएको ठेक्का समय अगाडि नैं सम्पन्न गरेको भन्दै उनलाई सम्मान गरिएको हाे ।

श्रेष्ठलाई भवन उद्घाटनकाे अवसरमा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्याैपानेले सम्मान गरेका थिए । उक्त वडा कार्यालय भवनको पहिलो चरण ०७९÷०८० मा बिश्वास एण्ड वि पु कन्ट्रक्सन काठमाडौंले भ्याट र कन्टिजेन्सि समेत गरि २३ लाख ४७ हजार ९ सय ७८ मा ठेक्का पाएको थियो भने दोस्रो तथा अन्तिम चरण आ व ०८०÷०८१ मा गणेश कन्ट्रक्सनले २४ लाख ९ हजार ८ सय ४४ मा ठेक्का पाएको थियो । पहिलो र दाेस्राे गरि टोटल ४७ लाख ५६ हजार ४ सय २२ रूपयामा उक्त भवन निर्माण सम्पन्न भएको थियो । सम्मानित श्रेष्ठ दमाैली निवासी हुन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page