म्याग्दे गाउँपालिका पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा

म्याग्दे गाउँपालिका पुर्ण खाेप सुनिश्चितता पालिका घाेषणा

तनहुँको म्याग्दे गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिका खोपको पहुँचमा आएको एकिन भएपछि म्याग्देलाई आइतवार पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले बताए । यस सँगै खोप उमेर समूह जन्मेदेखि १५ महिना सम्म र १६ महिनादेखि पाँच वर्ष उमेरका सबै बालबालिका खोपको पहुँचमा पुगेका अधिकारीले जानकारी दिए ।

स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता, हाम्रो प्रतिबद्धता नाराका साथ पूर्णखोप घोषणा गरिएको हाे । कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेका थिए । अध्यक्ष श्रेष्ठले रोग प्रतिरोधात्मक क्षमता बढाउन अनिवार्य खोप लगाउनु पर्ने बताए । मुलुकको दक्ष र अब्बल जनशक्ति निर्माण गर्न अहिले स्वास्थ्य नागरिक हुन जरुरी रहेको उनले बताए ।

हरेक वर्ष खोप सुनिश्चितता गर्ने कार्यक्रम अनुसार सबै सूचक पुरा गरेर पूर्णखोप सुनिश्चितता घोषणा गरिएको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । गाउँपालिकाले स्वास्थ्य, शिक्षा र पूर्वाधार क्षेत्रलाई पहिलो प्राथमिकता दिएर काम गर्दै आएको घिमिरेकाे भनाइ थियो ।

उक्त अवसरमा प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारी , स्वास्थ्य कार्यालय तनहुँका शंकर बाबू अधिकारी , तिलक घिमिरे , विभिन्न वडाका वडाध्यक्ष एवम् जनप्रतिनिधिहरू , राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू , स्वास्थ्यकर्मी, महिला स्वयंसेविकाहरु लगायतको उपस्थिति रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page