सिद्धान्त भन्दा सत्तामुखी भएकोले कांग्रेस कमजोर भयो ः पूर्वसहमहामन्त्री जोशी

सिद्धान्त भन्दा सत्तामुखी भएकोले कांग्रेस कमजोर भयो ः पूर्वसहमहामन्त्री जोशी

नेपाली काँग्रेसका पूर्वसहमहामन्त्री तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशीले सिद्धान्त भन्दा सत्तामुखी भएकोले कांग्रेस कमजोर भएको बताएका छन् । नेता जोशीले वीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराइ जस्ता त्यागी नेताको विराशतबाट सिंञ्चित नेपाली कांग्रेस इतिहासमै कमजोर भएको बताए ।

वीपी विचार समाज तनहुँको १४ औं साधारण सभा तथा सम्मान कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै जोशीले सो कुरा बताएका हुन् । वीपी विचार राष्ट्रिय समाजका सभापति समेत रहेका नेता जोशीले ‘कांग्रेस वीपी कोइरालाको सिद्धान्त, विचार तथा आर्दश अनुसार नहिडेकोले कमजोर भएको बताए ।’ अहिले कांग्रेसले वीपी कोइरालाको आदर्श, मूल्य, मान्यता र सिद्धान्तलाई बिर्सिएर सिद्धान्तभन्दा सत्तालाई प्राथमिकता दिएकोले कमजोर बनेको उनको भनाई थियो ।

पार्टीभित्र मेलमिलाप नगरी फरक आस्था भएकासँग चुनावी तालमेल गरिएकोले कमजोर भएको जोशीले बताए। “जुन दिन नेपाली कांग्रेसले सिद्धान्तलाई छोडेर सत्तालाई प्राथमिकता दिन्छ त्यही दिनदेखि कांग्रेस निरर्थक रहन्छ ” भनेर वीपी कोइरालाले भन्नुभएको स्मरण गर्दै नेता जोशीले अहिले कांग्रेस निरर्थक भएको बताए । नेताहरुबीच वार्ता र छलफल गरी एकतामा बाध्ने, कार्यकर्ताबीच मेलमिलाप गर्ने हो भने कसैसँग गठबन्धन नगरी कांग्रेस एक्लैले सरकार बनाउने जोशीको भनाई थियो । आफ्नोलाई मिलाउन भन्दा गठबन्धन गरेर चुनाव जित्छु भनेकोले काँग्रेस कमजोर बनेको जाेशिकाे भनाइ छ ।


काँग्रेसले वीपीको बाटो छोडेको हुनाले उन्नतीको ठाउँमा अधोगती भएको आरोप जोशीको थियो । वीपीले धेरै दुःख गरेर पार्टी निर्माण गरेको उल्लेख गर्दै जोशीले हामी कांग्रेस हुने कि नहुने वा क्रियाशिल सदस्यता लिने कि नलिने भन्ने कुरा महत्वपूर्ण नभइ नेपाली कांग्रेस सही बाटो समातेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण भएको बताए । ’ नेता जोशी आफू वीपी कोइरालाको आर्दशबाट कहिलै पनि विचलित नभएको तर नेपाली कांग्रेस पाटीबाट आफू तिरस्कृत बनाईएको तथा तनहुँ कांग्रेसको स्थापना काल देखि नै आज सम्म उत्तिकै योगदान रहेको जोशीले बताए ।

कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजका केन्द्रीय सदस्य शुकुमलाल गुरुङ, समाजका गण्डकी प्रदेशका निर्वमान सचिव परशुराम गिरी, समाजका जिल्ला सभापति हरिशरण पण्डित, उपसभापति क्याप्टेन रेशमबहादुर गुरुङ, सचिव पञ्चबहादुर गुरुङ, सदस्यहरु रामदेव पन्थ, हिमलाल रानाभाट लगायतले पार्टीलाई सङ्किण सोचाईका साथ स्वेच्छाचारी ढङ्गबाट सञ्चालन गरि इतिहासलाई बिर्सिएको चर्चा गरेका थिए । कार्यक्रममा वीपी विचार राष्ट्रिय समाजको केन्द्रीय सभापति भएकोमा नेता जोशीलाई सम्मान गरिएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page