शिखर इन्स्योरेन्स डुम्रे शाखाको बिमा सचेतना कार्यक्रम सम्पन्न
शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड डुम्रे शाखाले बुधबार बीमा सचेतना कार्यक्रम गरेको छ ।आबुखैरेनी गाउँपालिका वडा न ४ को कार्यालय सभाहलमा भएको कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सहभागीलाई गाउँपालिकाले उपलब्ध गराएको पशुधन बीमाको अनुदानको फाइदा लिन आग्रह गरे । अध्यक्ष चुमानले आफु सदैव कृषकको पक्षमा रहेको र आउदो बजेटमा कृषि ब्याबसाय गरिरहनुभएका र गाउँ गाउँका कृषकलाई गाउँपालिका ले कस्तो योजना बजेट ल्याइदिए हुन्थ्यो भन्ने कुराको जानकारी आफुलाइ गराइदिए त्यसले कृषकलाई झन फाइदा पुग्ने बताए ।



गाउँपालिका बाट नेपाल सरकारले उपलब्ध गराएको ८० % अनुदान बाहेक बाकी २०% अनुदान गाउँपालिकाले किसानलाइ अनुदान दिएकाले आफू सधै कृषकको हितमा काम गर्ने व्यक्ति भएको प्रमाणित भएको र सधैं कृषक काे अधिकारकाे पक्षमा लाग्ने प्रतिबद्धता व्यक्त गरे ।



कार्यक्रममा बिशिस्ट अतिथि आबुखैरेनी गाउँपालिका वडा न ४ कार्यबाहक वडा अध्यक्ष प्रेम बहादुर गुरुङले बीमा अहिलेको समयमा अति आवश्यक भएको र हर कृषकलाई पशुधन बीमा गर्न सुझाव दिए । कार्यक्रममा पशु सेवा शाखाका डा. सन्तोष देवकोटाले पशुधन बीमा गर्न प्राबिधिक को भुमिका एवं पशुलाइ खोप अनिवार्य गर्न कृषक ब्याबसायिलाइ सुझाव दिए ।
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यलयको निर्देशन गण्डकी प्रदेशका सम्पूर्ण नगर/गाउँ पालिकामा बीमाको पहुँच पुऱ्याई सम्पुर्ण स्थानियहरु तथा व्यावसायीहरुलाई बीमाको दायरामा ल्याई भविष्यमा हुनसक्ने आर्थिक विपत्तीहरुको न्युनिकरणका लागी वीमाको महत्व तथा आवश्यकताका विषयमा जनचेतना मुलक कार्यक्रम गर्ने निर्णय अनुसार उक्त कार्यक्रम शिखर इन्स्योरेन्स कम्पनीले आबुखैरेनी गाउँपालिका वडा नं ४ मा बीमा सचेतना कार्यक्रम आयोजना गरेको हो । शाखा प्रमुख नारायण ढकालको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा दमौली शाखा प्रमुख नवराज थापा , दुलेगौंडा शाखा प्रमुख सुरज लम्साल , सुन्दरबजार शाखाका प्राबिधिक जे.टि खड्ग सिंह गुरुङ, वडा सचिव शिखर लाल डोटेल लगायतले बीमाको आवश्यकता एवं महत्त्वको बारे प्रकाश पारेका थिए ।


उक्त कार्यक्रममा वडाभित्रका स्थानिय वासिन्दा, कृषक, व्यावसायी तथा अन्य सरोकारवाला गरि ६० जना भन्दा बढीको उपस्थिति थियो । उपस्थित सबैलाई कृषि तथा पशुधन बीमा , मोटर बीमा , सम्पत्ति बीमा , सामुहिक दुर्घटना बीमा को बारेमा जानकारी गराइएको थियो ।
























