राधा माविको प्रधानाध्यापकमा अशोक , यस्ता छन् प्रतिबद्धता !

राधा माविको प्रधानाध्यापकमा अशोक , यस्ता छन् प्रतिबद्धता !


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं २ मा रहेको राधा माध्यमिक बिद्यालयले नयाँ प्रधानाध्यापक छनाैट गरेको छ । विद्यालयकाे प्रधानाध्यापक पदकाे छनाैट प्रकृयामा छनाैट समिति द्वारा प्रधानाध्यापक पदमा अशोक चन्द्र वाग्लेलाइ छनाैट गरेको हाे । यस अघि सहायक प्रधानाध्यापककाे रूपमा रहेका वाग्ले माध्यमिक द्वितीय श्रेणीका शिक्षक हुन् ।

प्रधानाध्यापक नियुक्त भएका वाग्लेलाई म्याग्दे गाउँपालिका वडा नं २ का अध्यक्ष शिव बहादुर क्षेत्री , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष छबि लाल श्रेष्ठ , शिक्षक अभिभावक संघका अध्यक्ष सन्दीप रानाभाट लगायत अन्य शिक्षकहरूले टीका तथा खादा लगाइ बधाई तथा शुभकामना दिएका थिए । प्रधानाध्यापक नियुक्त भएका वाग्लेले सबैकाे साथ र सहयोग बाट बिद्यालयलाई उत्कृष्ट बनाउने तर्फ लाग्ने बताए ।

वाग्लेले कक्षा नर्सरी देखि कक्षा १ सम्मको सिकाइ उपलब्धिको मापदण्ड तयार गरिने र ६ महिना पछि मूल्यांकन गरिने, बिद्यालय प्रस्तावको ४७ बुदे प्रतिबद्धता पालन गरिने ,५ वर्ष भित्र राधा मा वि लाई एक नमुना मा वि को रुपमा स्थापना गरिने लगायतका प्रतिबद्धता व्यक्त गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page