जेष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न
तनहुँकाे आँबुखैरेनीमा ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम अर्न्तगत १० दिने आरन तथा बाँसका कलात्मक वस्तुहरु उत्पादन गर्ने तालिम सम्पन्न भएको सामाजिक बिकास कार्यालय तनहुँले जनाएको छ ।सामाजिक विकास कार्यालय तनहुँकाे आयाेजना तथा आँबुखैरेनी गाउँपालिकाकाे सहकार्यमा भएको उक्त तालिममा जेष्ठ नागरिकहरूले आफुले जानेका सीपमूलक कुराहरू नयाँ पुस्तालाई सिकाएका थिए ।



जेष्ठ नागरिक याे देशको जिउँदो इतिहास भएको हुनाले उहाँहरूमा भएको सीप र क्षमता नयाँ पुस्तालाई तालिम मार्फत सिकाइ हस्तान्तरण भएको सहभागीहरूले बताएका थिए ।
सामाजिक बिकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदीकाे अध्यक्षतामा भएको समापन कार्यक्रममा
प्रमुख अतिथि आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान रहेका थिए । उक्त अवसरमा सहभागीहरु लाई गाउँपालिकाका अध्यक्ष चुमान तथा सामाजिक बिकास कार्यलयका प्रमुख सुवेदीले प्रमाणपत्र वितरण गरेका थिए ।





























