सुप्रिम थर्पुकाे स्थापना दिवसमा अक्षयकोष स्थापना तथा बिरामीलाई सहयोग !

सुप्रिम थर्पुकाे स्थापना दिवसमा अक्षयकोष स्थापना तथा बिरामीलाई सहयोग !

सुप्रिम बचत तथा ऋण सहकारी संस्था लि.को १६ औँ स्थापना दिवसको अवसरमा अक्षयकोष स्थापना तथा बिमारी उपचारार्थ सहयोग प्रदान गरिएको छ ।

सहकारीकाे स्थापना दिवसको अवसरमा म्याग्दे गा.पा भित्रका सामुदायिक विद्यालयहरु मध्ये पहिलो चरणमा एउटा विद्यालयमा रु ५०,०००/– बरावरको अक्षयकोष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । यस्तै आर्थिक अभावका कारण केही समय देखी घरमै थलिएकि एपेन्डिक्स विरामी म्याग्दे–१ बाख्रे निवासी कक्षा–१० मा अध्यनरत्त १६ वर्षिया सलिना गुरुङ को उपचार खर्चका लागि यस संस्थाबाट स्थापना दिवसको अवसरमा रु ५,५५५/ सहयोग प्रदान गरिएको छ । हरेक वर्ष झैं यस बर्ष पनि संस्थाले सामाजिक उत्तरदायित्वकाे भावना अनुसार बिरामी लाई सहयोग गरेको सहकारीका अध्यक्ष मनाेज अधिकारीले बताए ।

कार्यक्रममा सहकारीका पुर्व अध्यक्ष तेजकुमार मल्लले राम्रो सहकारीमा सुप्रिम सहकारी पर्दा अत्यन्तै खुसी लाग्ने गरेको भन्दै जुनसुकै काम सल्लाह र सहमतिमा हुने गरेको बताए । परिवर्तित समय अनुसार परिस्कृत गर्दै सहकारीलाई अगाडि बढाउन सकिएको हुँदा यसले सबैकाे मन जितेको र आर्थिक संकेतहरू पनि राम्रो रहेको मल्लकाे भनाइ थियो । सहकारीका अध्यक्ष मनाेज अधिकारीकाे अध्यक्षतामा भएको कार्यक्रममा लेखा समिति संयाेजक केशवराज अधिकारी , पुर्व संयाेजक नारायण बहादुर क्षेत्री , उपाध्यक्ष भिमलाल श्रेष्ठ , सचिव बिकास राज खनाल लगायतले शुभकामना व्यक्त गरेका थिए ।
५४ लाखबाट सुरु भएको सहकारीमा अहिले ७ करोड सेयर पुँजी पुगेको सहकारीका व्यवस्थापक रमेश श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page