आँबुखैरेनीमा बस दुर्घटना हुँदा ६ जना घाइते ( नामावली सहित )
तनहँकाे आँबुखैरेनी गा.पा. २ ट्राफिक पोष्ट स्थित पृथ्वीराजमार्ग सडक- खण्डमा बस दुर्घटना हुँदा ६ जना यात्रु घाइते भएका छन् ।

मुग्लिङ तर्फ बाट आँबुखैरेनी तर्फ(काठमाडौ- पोखरा) आउदै गरेको ना.५ ख. ४३७४ न. को यात्रुबाहक बस चालकले नियन्त्रण गुमाइ बस सडकको बायाँ तर्फ नालीमा अर्ध- ढल्कदा बसमा सवार ३५ जना मध्ये ६ जना घाइते भएका हुन् । घाइतेहरूलाइ उपचारको लागी आँबुखैरेनी अस्पताल आँबुखैरेनीमा पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहराले बताए । सामान्य अवस्थामा रहेका अन्य यात्रुहरू आफ्नो गन्तव्य तर्फ गएको प्रमुख बाेहराले जानकारी दिए ।

घाइते:-
१,जिल्ला कास्की पोखरा म.न.पा- १३ बस्ने बर्ष ३० की सुनिता गुरुङ ( टाउकोमा चोट सामान्य)
२, ऐ.ऐ बस्ने बर्ष ५ को रेशम सुनुवार( टाउकोमा चोट सामान्य)
३, ऐ.ऐ- ३२ बस्ने बर्ष २५ की संगिता तिवारी ( ढाडमा चोट सामान्य)
४, ऐ.ऐ बस्ने बर्ष २८ को संदिप तिवारी( खुट्टामा चोट सामान्य)
५, जिल्ला धादिङ, ज्वालामुखी गा.पा. ७ बस्ने बर्ष १० की सुरक्षा कडेल (ढाडमा सामान्य चोट) ।
६, ऐ.ऐ बस्ने बर्ष बर्ष ३८ को टेकनाथ कडेल ( कम्मरमा सामान्य चोट)






























