थर्पु युवा क्लव द्वारा स्तन क्यान्सर पीडित मल्ललाई १० हजार सहयोग

थर्पु युवा क्लव द्वारा स्तन क्यान्सर पीडित मल्ललाई १० हजार सहयोग


थर्पु युवा क्लव म्याग्देले स्तन क्यान्सर पीडित सुन कुमारी मल्ल (अष्ट ) लाई आर्थिक सहयोग गरेको छ ।
म्याग्दे-४ कि मल्ल लामो समयदेखि क्यान्सरकाे समस्याले पीडित भएको जानकारी पाएपछि थर्पु युवा क्लवले १० हजार रूपयां सहयोग गरेको हाे ।

क्लवका अध्यक्ष नवराज हमालकाे नेतृत्वमा गएको युवाहरूको टाेलिले सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत सहयोग गरेकोअध्यक्ष हमालले बताए । सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी गाैरबराज राना , क्लवका उपाध्यक्ष सुवाेध आले , सचिव राजन नेपाली लगायतको उपस्थिति रहेको थियो ।


क्लवले गत जेठ २५ गतेदेखि १२ दिने प्रथम म्याग्दे महाेत्सव आयाेजना गर्दा बचेको पैसाले
समाजमा रहेका दीर्घ रोगीहरुलाई आर्थिक सहयोग गर्ने जनाएको थियो । साेहि प्रतिवद्धता अनुसार मल्ललाई सहयोग गरेको समाजसेवि गाैरबराज रानाले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page