भुतपुर्व सैनिक संघ तनहुँकाे अध्यक्षमा सहविर
नेपाल भुतपुर्व सैनिक संघ तनहुँकाे छैठौं अधिवेशन आइतबार दमाैलीमा सम्पन्न भएको छ । अधिवेशनले सहविर उचाइ ठकुरीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे बरिस्ठ उपाध्यक्षमा क्याप्टेन तारालाल मल्ल , उपाध्यक्षमा टुकबहादुर हमाल र दधिराज श्रेष्ठ , सचिवमा क्याप्टेन साेमबहादुर थापा , काेशाध्यक्षमा सु मे सुर्यबहादुर थापा र सहसचिवमा सुवेदार पदमबहादुर थापा चयन भएका छन् ।


यसैगरी समितिकाे सदस्यहरूमा माेहन सिंह थापा , जीवन क्षेत्री , भिमजंग पाण्डे , गाेपाल बहादुर घर्ती , कल्पना राई , शान्ता खवास , बलबहादुर थापा , लक्ष्मण पाैडेल , भिमनरसिंह बस्नेत , यामबहादुर आले , यामबहादुर चन्द , सिंहबहादुर गुरूङ , सान्त बहादुर थापा , शिव बहादुर थापा , खिम बहादुर थापा र प्रेमबहादुर थापा चयन भएका छन् । यस अगाडि अधिवेशनकाे नेपाली काङ्ग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले उद्घाटन गरेका थिए ।






























