जिल्ला लिग फुटबल – हैरान्स ,अलस्टार र खैरेनीटार विजयी

जिल्ला लिग फुटबल – हैरान्स ,अलस्टार र खैरेनीटार विजयी

तनहुँकाे दमाैलीमा सुक्रवार देखि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिता जारी रहेको छ । प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा हैरान्स क्लवले ४ – ० गाेलअन्तरले नवमित्रता क्लबलाई पराजित गरेको छ । उक्त खेलमा म्यान अफदि म्याच बिकास श्रेष्ठ भएका छन् । यस्तै दाेस्राे खेलमा अलस्टार युवा क्लवले युवा क्लव भिमाद लाई १-० ले पराजित गरेको छ । उक्त खेलमा म्यानअफदि म्याचमा पुनम मगर भएका छन् ।

यस्तै तेस्रो खेलमा खैरेनीटार युवा क्लवले ४- १ गाेल अन्तरले दाेभान युवा क्लबलाई पराजित गरेको छ । उक्त खेलमा संगम गुरूङ म्यानअफदि म्याच घाेसित भएका छन् ।
प्रतियोगितामा साेमबार बिहान ८.३० बजे भिमाद र पुलजिप बिच , दिउँसो २.३० बजे खैरेनीटार र मर्स्याङ्दि युथ क्लव बिच र ४ बजे अकला युवा क्लव र अजम्बरि युथ क्लव बिच खेल हुने खेल संयाेजक कुमार श्रेष्ठले बताए । १० वटा क्लवकाे सहभागीता रहेको लिग फुटबलकाे यही १५ गते समापन हुँदैछ ।

व्यास नगरपालिका वडा नं ३ विपि वनवाटिकामा हुने भनिएको प्रतियोगिता खेलमैदान उपयुक्त नभएकोले ब्यास १ स्थित निर्मल स्कुलकाे खेलमैदानमा भइरहेको छ । केही दिन अगाडिको लगातारको वर्षाले बिगारेको खेलमैदान लाई मर्मतको प्रयास जारी रहेको छ । यदि पानी परेनर खेलमैदान सुक्याेभने साेमबार देखिकाे प्रतियोगिता बिपी वनबाटिकामा हुने पनि संयाेजक श्रेष्ठले बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख र दाेस्राे हुने टिमलाई ५० हजार नगदका साथै मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिने खेल सँयाेजक कुमार श्रेष्ठले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page