नदिमा दाउरा तान्ने क्रममा बगाएर भादगाउँका थापा बेपत्ता
बाढीले बगाएर ल्याएको दाउरा तान्ने क्रममा बुधबार बिहान तनहुँमा एक पुरुष नदीले बगाउँदा बेपत्ता भएका छन् । यसरी बेपत्ता हुनेमा व्यास नगरपालिका–१ भादगाउँ निवासी ५५ बर्षका तालबहादुर थापा रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सोही वडा स्थित छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा अचानक नदीमा आएको भेलले थापालाई बगाएको प्रहरीले जनाएको छ ।
नदीले बगाएका व्यक्तिको अहिले व्यापक खोजी कार्य भैरहेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।































