भण्डारीलाई मन्त्री बनाउने बारेमा सितलनिवास देखि बुढानिलकण्ठ सकारात्मक

भण्डारीलाई मन्त्री बनाउने बारेमा सितलनिवास देखि बुढानिलकण्ठ सकारात्मक

नेपाली कांग्रेस तनहुँको टोलीले राष्ट्रपति रामचन्द्र पौडेल तथा पार्टी सभापति सेरबहादुर देउवालाई भेटघाट गरेको छ ।
नेपाली कांग्रेस तनहुँका उपसपभाति राजेन्द्रकृष्ण श्रेष्ठको नेतृत्वमा गएको टोलीले राष्ट्रपति पौडेल र सभापति देउवालाई भेटघाट गरेको हाे । भेटघाटका क्रममा नेता भण्डारीलाई मन्त्री बनाउने बारेमा छलफल भएको थियो । छलफलका क्रममा सितलनिवास र बुढानिलकण्ठ नेता भण्डारीलाई मन्त्री बनाउने बारेमा सकारात्मक भएको पाइएको टाेलिमा संलग्न काङ्ग्रेस जिल्ला सदस्य डम्बरबहादुर अधिकारीले बताए ।

टोलीमा नेपाली कांग्रेसका महासमिति सदस्य कृष्णप्रसाद गौतम, गण्डकी प्रदेशका पूर्वमन्त्री डोवाटे वि.क.,महाधिवेशन प्रतिनिधि भक्त श्रेष्ठ ,जिल्ला सचिव लक्ष्मीभक्त खनाल ,जिल्ला सदस्य डम्बर अधिकारी , हुतमणि अधिकारी ,डा.रघुराज काफ्ले , क्षेत्रीय सचिव सन्तोष घिमिरे र म्याग्दे गाउँपालिका वडा अध्यक्ष हिरा गुरुङ लगायत सहभागी भएका थिए ।

भेटघाटका क्रममा मुलुकको पछिल्लो राजनीतिक विषय र जिल्लाको विकास निर्माणको विषयमा समेत छलफल भएको थियो । भेटमा राष्ट्रपति पौडेलले मुलुकको राजनीतिक घटना क्रम र जिल्लाको विषयमा आफूूले गम्भीर ढंगले मनन गरेको बताएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page