सम्धिनीकाे मृत्युमा सम्धिनी पक्राउ
तनहुँको म्याग्दे गाउँपालिका वडा नं ३ स्थित धयेरेकि सारदा लामिछानेको मृत्यु सम्बन्धमा ५ जनालाई पक्राउ पुर्जी जारी भएको मध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मृतक सारदाकाे सम्धिनी शाेभा श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । गत जेठ २२ गते लामिछाने बन्दीपुर १ नाहाला स्थित माइतिघरमा मृत अवस्थामा भेटिएकि थिइन् । उनको मृत्युको खबर फरक खालको र परिवारमा अस्वाभाविक थियो । किनकि उनको घर धयेरेमा बुहारीको किरिया चल्दै गरेको ८ दिन मात्रै भएको थियो । सारदाकाे घटना घटेको ठाउँमा घटना स्थल मुचुल्का उठाउन गएकाे प्रहरी टाेलिले सुसाइट नाेट फेला पारेको थियो । यस्तै उनको माेवाइलमा आएकाे म्यासेज , फाेन सबै प्रहरीले संकलन गरि अनुसन्धानकाे लागि लगेको थियो ।

यस बिषयमा प्रहरी अनुसन्धान जारी रहेको अवस्थामा उनका श्रीमान हरिराज लामिछानेले दिएको आत्महत्या दुरूत्साहन मुद्दा शिर्षककाे जाहेरीका आधारमा ५ जनालाई पक्राउ गर्न जिल्ला अदालत तनहुँले स्वीकृत दिए अनुसार शाेभा पक्राउ परेकी हुन् ।
पक्राउ परेकी शाेभालाइ अदालतबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएकाे छ ।

उक्त घटनाको सम्बन्धमा पक्राउ पुर्जी जारी हुनेहरूमा पाेखरा म . न . पा . १३ भद्रकाली मार्ग बस्ने हर्कमाया श्रेष्ठ र सेतीमाया श्रेष्ठको छाेरा ३० वर्षिय सुरज श्रेष्ठ , एै एै बस्ने लक्ष्मीकुमार श्रेष्ठको छाेरा ३० बर्षिय सुरेन्द्र श्रेष्ठ , एै एै बस्ने हर्कबहादुर श्रेष्ठको श्रीमती ६३ बर्षिय सेतीमाया श्रेष्ठ , एैएै बस्ने अमित कुमार श्रेष्ठको श्रीमती ३८ बर्षिय शाेभा श्रेष्ठ र एैएै बस्ने हर्कबहादुर श्रेष्ठ र सेतीमाया श्रेष्ठको छाेरी वर्ष ४३ कि साेममाया श्रेष्ठ रहेका थिए । उनिहरूलाइ पक्राउ गर्न कास्की प्रहरी सँग समन्वय गरी जाँदा शाेभालाई फेला पारिएको र अन्यलाई फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी अपिल राज बाेहराले बताए ।
स्व सारदाकी बुहारी अनिशा श्रेष्ठ गत बैशाख १५ गते आफ्नै घरमा मृत अवस्थामा भेटिएकि थिइन् । उनको मृत्यु सम्बन्धमा घटना रहस्यमय भएको भन्दै माइती पक्षले जाहेरी दिएका थिए । उनको मृत्यु सम्वन्धमा अनुसन्धानको लागि मृतक अनिशाको श्रीमान, सासु र ससुरालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।
घरको कोठामा पंखामा झुन्डिएर आत्महत्या गरेको
परिवार पक्षको भनाइ रहेको थियो भने माइती
पक्षले घटना नियोजित भएको र यसमा परिवारका
सदस्यहरूको हात रहेको आरोप लगाइ जाहेरी
दिएका थिए ।मृतक अनिशाको माइती पोखरा स्थित कुँडहर हो र उनको माइती श्रेष्ठ परिवारका हुन् । पोखराकि श्रेष्ठ र म्याग्दे ३ धयेरेका लामिछाने बिच १ वर्ष अगाडि प्रेम बिवाह भएको थियो ।बुहारी अनिशाको मृत्यु प्रकरणमा गण्डकी अस्पताल पोखराले पोष्टमार्टम रिपोर्टमा सामान्य देखाएको थियो ।
तथापि तनहुँ जिल्ला अदालतमा मुद्दा चल्दै
थियो । भित्र थुनछेक बहस र मुद्दाको फैसला हुने
दिन बुधबार बाहिर अनिशाको माइती पक्षले
नारावाजी गरिरहेको थियो । त्यही समयमा तनहुँ
जिल्ला अदालतको आदेश आयो, श्रीमान र ससुरा
लाई थुनामा र सासुलाई धरौटिमा छुटाउने । उनका
श्रीमान र ससुरा पुर्पक्षका लागि थुनामा गए भने
सासू सारदा ५० हजार धरौटिमा छुटेकि थिइन् ।२५ दिनसम्म प्रहरी हिरासतमा बस्नपर्दाको पिडा, श्रीमान र छोरा पुर्पक्षको लागि कारागार चलान लगायतका बिषयले सारदामा नैराश्यता छायो । माइतमा बसेकी सारदा बिहान अवेरसम्म नउठेपछि बोलाउन जाँदा नवोलेको, भित्रबाट ढोका लगाएको देखेपछि झ्यालबाट हेर्दा उनले झुन्डिएर आत्महत्या गरेको देखेपछि प्रहरीलाई खबर भएको थियो ।
यता सारदाको आफन्तहरूले भने बारम्बार बुहारीको माइती पक्षले टचर दिएर सहन नसकेर आत्महत्याको बाटो रोज्नपरेको आशयको सुसाइट नोट फेला पारेको बताएका थिए । त्यही आधारमा उनका श्रीमानले आत्महत्या दुरूत्साहनकाे मुद्दा दिएका हुन् ।
स्वर्गीय सारदाका श्रीमान र छाेरा उच्च अदालत पाेखराकाे आदेशले ५० हजार धराैटिमा गएको हप्ता छुटिसकेका छन् । बुहारीकाे मृत्युुमा बुहारीकाे माइती पक्षले दिएको मुद्दाले सासू ससुरा र श्रीमान थुनामा परेर अदालत बाट छुटिसकेकाे अवस्थामा अहिले लामिछाने पक्षबाट दिएको उजुरीले बुहारीकाे माइती पक्ष अनुसन्धानकाे दायरामा तानिएका छन् ।
























