बाढीले ब्यास ११ र १२ जाेड्ने पुल भत्कायाे
सुक्रवार आएकाे बाढीले तनहुँकाे व्यास नगरपालिका वडा नं ११ र १२ जाेड्ने कजवे पुल भत्काएको छ । बाढीले कजवे एकातिर र खाेला अर्कोतिर बनाएको छ ।

पुल भत्कँदा व्यास ११ काे रामथुम्कि , मुलपानी , फराकचाैर लगायतकाे गाउँका बासिन्दा सँग व्यास १२ काे कमलवारी तर्फकाे यातायात सम्बन्ध बिच्छेद बनाएको स्थानीय तारा पन्थले बताए ।

























