स्काउटको ९ राेपनी जग्गा हडपेका खड्का उर्जामन्त्री !

स्काउटको ९ राेपनी जग्गा हडपेका खड्का उर्जामन्त्री !
Oplus_0

नेपाल स्काउटको १२ रोपनी जग्गा वर्षौंदेखि कब्जा गरेर आफ्नो निजी व्यवसाय गरेको आरोप लाग्दै आएका दीपक खड्का मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा खड्‌का ऊर्जामन्त्री बनेका हुन् ।

संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद् खड्का कांग्रेस सभापति शेरबहादुर देउवा समूहबाट मन्त्री बनेका हुन् ।


स्काउटको ३ रोपनी जग्गा भाडामा लिएकोमा खड्‌काले थप ९ रोपनी जग्गा हडपेका थिए । १५ वर्षदेखि अन्य व्यापारिक संस्थालाई दिएर भाडा असुलिरहेका खड्कालाई उक्त जग्गा नेपाल स्काउटलाई फिर्ता गर्न पाटन उच्च अदालतले आदेश दिएपनि अझै कार्यान्वयन भएको छैन ।

खड्‌का जलविद्युत् आयोजनाका प्रवर्द्धक पनि हुन् । १२० मेगावाट क्षमताको निर्माणाधीन परियोजना लाङटाङ–भोटेकोसी जलविद्युत् परियोजना र ४.७२ मेगावाटको मेन्छियाम जलविद्युत् आयोजनाका खड्‌का प्रवर्द्धक हुन् ।

इकागजबाट

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page