कानुनले गर भनेको कुरा गर्ने र नगर भनेको कुरा नगर्ने एसपी शाहीको भनाइ

कानुनले गर भनेको कुरा गर्ने र नगर भनेको कुरा नगर्ने एसपी शाहीको भनाइ

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक बिरेन्द्रबहादुर शाहीले तनहुँ जिल्लाको शान्ति सुरक्षा, लागु औषध तथा जुवातास नियन्त्रण गरि अमनयचन कायम गर्नु प्रहरीको मुख्य प्राथमिकता रहेको बताएका छन् ।

तनहुँको प्रहरी प्रमुखको रुपमा गत साता मात्रै सरुवा भई आएका एसपी शाहीले कानुनले गर भनेको कुरा गर्ने र नगर भनेको काम नगर्ने प्रहरीको कर्तव्य रहेको बताए । तनहुँ प्रहरी प्रमुखको रूपमा आएपछि आफुले याे गर्छु , यसाे गर्छु भन्दापनि नतिजा निकाल्ने हिसाबले काम गर्ने उनको भनाइ थियो ।

आफु कसैको दवाव वा प्रभावमा परी काम नगर्ने भन्दै आफ्नो सरुवामा कुनै नेता वा पार्टीले जिम्मेबारी वा जस लिने खोज्छ भने त्यो उसको व्यक्तिगत कुरा भएको शाहीले बताए । शाहीले कर्तव्य पालना गर्ने बिषयमा कसैसँग सम्झौता नहुने र जति समय बस्छु इमानदारीपूर्वक काम गर्छु भन्ने प्रतिवद्धता ब्यक्त गरे । प्रहरी संगठनमा सरुवा सामान्य प्रक्रिया भएको हुँदा संगठनले खटाएको ठाउँमा जानुलाई कुनै नेता वा अमुक दलले जस लिनु आवश्यक नभएको एसपी शाहीले बताए ।

तनहुँ जिल्ला पनि लागु औषधको ट्रान्जिट प्वाइन्ट भएको हुँदा लागु औषध नियन्त्रण गर्ने बिषयमा प्रहरी संगठन बिशेश ढंगले परिचालन हुने र लागुपदार्थ नियन्त्रणकाे अभियानमा नागरिक समाजको तर्फबाट समेत सहयोग अपेक्षा गरेको शाहीले बताए । प्रहरीलाई नागरिकमैत्री बनाउने देखि सहज ढंगमा सेवा प्रवाह गर्नेगरी काम गर्ने उनलेे बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page