छोरी खुस्बुको स्मृतीमा आमा मन कुमारी द्वारा दमौली अस्पताललाई पंखा हस्तान्तरण

छोरी खुस्बुको स्मृतीमा आमा मन कुमारी द्वारा दमौली अस्पताललाई पंखा हस्तान्तरण

तनहुँकाे बन्दिपुर निवासी मन कुमारी रानाले स्वर्गीय छोरी खुस्बु राना मगरको पुण्य स्मृतीमा दमौली अस्पताललाइ ४ थान पंखा सहयोग हस्तान्तरण गरेकी छन् ।

दुवै मृगौला फेल भएर छाउनी अस्पताल काठमाण्डाैंमा डायलाईसिस गर्दैगर्दा छोरी खुस्बु राना मगरको ठिक १ वर्ष अघि (२०८० श्रावण १५ गते) कै दिनमा मृत्यु भएको थियो । छाेरीकाे अंग ट्रान्सप्लाण्ट को तयारी गर्दा गर्दै २० वर्षको अल्पायूमा मृत्यु भएकोमा परिवारमा ठुलो चाेट परेको थियो ।

त्यही पिडा र अवस्था सम्झेर दमौली अस्पतालमा डायलाईसिस सेवा लिन आएका विरामीहरुको लागि केही सितलता हाेस भनी छोरी खुस्वुको स्मृती दिवस पारी पंखा सहयोग गरेको आमा मन कुमारी रानाले बताइन् । स्वर्गीय छोरी खुस्बुको सम्झनामा हरेक बर्ष श्रावण १५ गते दमौली अस्पताललाई आवश्यकताका आधारमा अन्य सामागृहरु उपलब्ध गराउदै जाने समेत रानाले बताइन् ।
उक्त अवसरमा दमौली अस्पतालको तर्फबाट डा. कमल भण्डारीले सामाग्रि बुझ्दै सहयोगी राना परिवारलाई धन्यवाद दिएका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page