थर्पुमा भएको महायज्ञकाे तेस्रो दिनसम्ममा साँढे ११ लाख दान संकलन , आज मात्रै साँढे ४ लाख

थर्पुमा भएको महायज्ञकाे तेस्रो दिनसम्ममा साँढे ११ लाख दान संकलन , आज मात्रै साँढे ४ लाख

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञकाे तेस्रो दिन २९ गते सम्ममा ११ लाख ५३ हजार ८ सय ७३ रूपयाँ दान सहयोग संकलन भएको छ ।
महायज्ञकाे तेस्रो दिन मंगलबार मात्रै ४ लाख २९ हजार ९ सय ५५ रूपयाँ दान सहयोग संकलन भएको छ ।

महायज्ञमा मंगलबार हिरालाल गुरूङ म्याग्दे ६ का अध्यक्ष बाट २५ हजार ५ सय ५५ , श्रीप्रसाद श्रेष्ठ म्याग्दे गाउँपालिका अध्यक्ष बाट २५ हजार १ सय ५ , म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारी बाट ११ हजार १ सय ११ , क्या . पुर्णबहादुर सारू म्याग्दे ४ बाट २५ हजार १ सय ५५ , माेति कुमार मल्ल म्याग्दे ४ बाट २६ हजार ५० , हुत्तमणि अधिकारी म्याग्दे ४ बाट २५ हजार ५ सय ७५ , मीन मावि शिक्षक परिवार २१ हजार १ सय २१ रहेका छन् ।

यस्तै माछापुच्छ्रे ईट्टा जामुने ५ हजार ५ सय ५५ , डिलबहादुर थापा १० हजार १ सय ७० , साेमकुमारी महत म्याग्दे ७ बाट ११ हजार १ सय , तिनकुने आमा समुह म्याग्दे ४ बाट ११ हजार १ सय ११ , बलबहादुर मसार्ङ्गि म्याग्दे ४ बाट १० हजार १ सय ५ , डाेलबहादुर थापा म्याग्दे ७ बाट ५ हजार ५ सय , निरमाया थापा बाेरीबाेट बाट २५ हजार ५ सय , जुक्तराज वाग्ले म्याग्दे ६ वडा सदस्य बाट ५ हजार १ सय ११ , विष्णुमाया काेइरालाबाट ५ हजार ५५ , चमबहादुर आलेबाट १० हजार १ सय १५ , छाङ हटिया आमा समुहबाट ५ हजार ५ सय , प्रतिमा टाेल आमा समुहबाट ११ हजार ५ सय ५५ , कुस्मती आमा समुहबाट १० हजार ५ सय ५० , बिरबहादुर राना बाट ५ हजार ५ सय ५५ , अकला आमा समुहबाट ५ हजार ५ , अनु महत श्रेष्ठ म्याग्दे ६ वडा सदस्य बाट ५ हजार ५ , शिवालय टाेल बिकास संस्था म्याग्दे ६ बाट ११ हजार १ सय , बुद्धि बहादुर श्रेष्ठ ५ हजार ५ सय ५५ , छाङ्ग मनपाङ कुमाल समाजबाट १० हजार १० , रिमकुमारी सिग्देल बाट ५ हजार तीन , मुलबराहि आमा समुहबाट ५ हजार ५ सय ५ , मीनकाजी श्रेष्ठ बाट ५ हजार ५ , हरिश्चन्द्र घिमिरे बाट ५ हजार ५ सय ५५ , जितप्रकाश मल्ल बाट ५ हजार १५ , काइलि बराही आमा समुहबाट ५ हजार ५ सय ५५ , चिजमाया परियार ५ हजार ५ सय ५५ , सन्देश अधिकारी बाट ५ हजार १ सय १५ , डाक्टर कृष्ण गाैतम रेडक्रस अध्यक्ष बाट ५ हजार ५ रूपयाँ दान सहयोग रकम प्राप्त भएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।

थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको संयाेजक शाहीले बताए ।

श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा मुख्य कथावाचकमा शिरोमणी पं. दिपक प्रसाद पौडेल रहेका छन् । पाैडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्‌भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भइरहेको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।

शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको छ ।

महायज्ञमा हरेक दिनमा बिहान ६ बजेदेखि ९ बजेसम्म श्रीमद्भागवत सतचण्डी , वेदपाठ , रूद्राभिषेक ( रूद्री पाठ ) सहस्र् जलधार , वेलपत्र अर्पण , ग्रहशान्ति पुजा , चाैरासी पुजा , अन्नदान , भुमिदान , ब्राह्मण भाेजन सहित पितृकाे फाेटाे राखी पितृ तर्पण तुलादान , विवाह , व्रतवन्ध , गुन्युचाेली सहित आरती अर्पण गर्दै धार्मिक सम्बन्धि सम्पुर्ण कार्य सञ्चालन गरिने कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए

यस्तै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तथा साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस्तै भाद्र २ गते आइतबार भागवत पुस्तकमा तिलार्पण , लक्ष्यवर्ती प्रज्वलन , रात्री जाग्राम कार्यक्रम र ३ गते साेमबार यज्ञ समापन एवम् पुर्णाहुती कार्यक्रम रहेको छ ।

महायज्ञमा रू १ देखि ४ सय ९९ सम्म दान दिने भक्तजनकाे रकम दानपत्रमा राख्ने , ५ सय देखि नगदी रसिद प्रसाद सहित नाम वाचन गरिने , १ हजार देखि सहयोग प्रदान गर्ने भक्तजनलाइ फुल टीका प्रसाद प्रदान , २ हजार देखि यज्ञ मण्डपमा बाेलाइ टीका प्रसाद प्रदान , ५ हजार देखि सम्मान पत्रकाे साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने आयाेजकले जनाएको छ ।
यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने , २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने , ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने , ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइ दानवीर घाेषणा एवम् सम्पुर्ण परिवारलाई अभिनन्दन गरिने र रू एक लाख देखि मानार्थ सम्मान प्रदान गरिने छ । साे भन्दा माथि दान दिनेलाई समितिले निर्णय गरी उचित सम्मान प्रदान गरिने भएको छ ।

यस्तै महायज्ञ अवधिभर सामुहिक व्रतवन्ध , तुलादान , चाैरासी पुजा , गुन्युचाेली सहित अन्य शुभकार्य गर्न सकिने मन्दिर उपभोक्ता समितिका अध्यक्ष काशीमाया थापाले जानकारी दिइन् ।
मंगलबारकाे महायज्ञमा सांसद शंकर भण्डारी , म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारी , वडाअध्यक्षहरू हिरालाल गुरूङ , दिपक श्रेष्ठ लगायतको सहभागीता रहेको थियो ।
उक्त महायज्ञमा रमेश श्रेष्ठ , ईश्वर परियार , सन्ध्या मल्ल , सदिक्षा काेइराला , केशव हमाल , सुकनारायण श्रेष्ठ , रामकुमार मल्ल , मनिषा श्रेष्ठ , मीनबहादुर राना र प्रियार्सिमल थापा सचिवालयमा रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page