बहुविवाह मुद्दामा फरार बन्दिपुरका गुरूङ पक्राउ

बहुविवाह मुद्दामा फरार बन्दिपुरका गुरूङ पक्राउ

बहुविवाह मुद्दामा फरार एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला अदालत नवलपुरको मिति २०७८।०१।१५ गतेको फैसलाले तोकिएको कैद तथा जरिवाना भुक्तान नगरी बिगत ३ बर्षदेखी फरार रहेका तनहुँ बन्दीपुर गाउँपालिका वडा नं. ६ साराङघाट बस्ने बर्ष ३० को कृष्ण बहादुर गुरुङ पक्राउ परेका हुन् ।

पक्राउ परेका गुरूङलाई तोकिएको ११ महिना ४ दिन कैद भुक्तानको लागी तनहुँ जिल्ला अदालतमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page